कृष्णबहादुर महराका स्वकीय सचिवद्वारा पार्टी परित्यागको घोषणा
८ चैत, दाङ । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गरेका छन् । शर्मा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव हुन् ।
उनले आज बिहान पार्टीको साधारण सदस्यसमेत नरहने गरी पद त्यागेको घोषणा गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । उनले अबदेखि एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने बताएका छन् ।
उनी लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकांक्षी थिए । तर उनी प्रदेश कमिटीमा नपरेपछि असन्तुष्ट थिए ।
यसैबीच सोमबार बसेको नेकपा माओवादी केन्द्र दाङको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । बैठकले जिल्ला सचिवमा विश्वराज आचार्यलाई चयन गरेको छ । जिल्ला संयोजकको जिम्मेवारी यसअघि नै तुलसीराम पुन (सुवास)ले पाइसकेका थिए ।
बैठकले निर्वाचन क्षेत्र र पालिकाहरुमा पनि नेताहरूको जिम्मेवारी तोकेको छ ।
जस अनुसार घोराही उपमहानगर कमिटी इञ्चार्जको जिम्मा कृष्णबहादुर महराका छोरा निर्मल महराले पाएका छन् । प्रमोद शर्मा भने सोही कमिटीको अध्यक्षमा यथावत छन् ।
यसैगरी तुलसीपुर उपमहानगर इञ्चार्जमा प्रेमराज वली र लमही नगरपालिका इञ्चार्जमा बसन्तराज शर्मा (विक्रान्त) चयन भएका छन् ।
राप्ती गाउँपालिका चित्रबहादुर थापा, गढवा गाउँपालिकामा यमनारायण पोख्रेल (विश्वास), राजपुर गाउँपालिकामा चक्रबहादुर खड्का, बंगलाचुलीमा चुडामणि नेपाली, दंगीशरणमा हिरालाल चौधरी, शान्तिनगरमा राधिका परियार र बबई गाउँपालिकामा पुनम शेर्पालीले इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply