कांग्रेस र प्रचण्ड-माधव समूहबीच चुनावी गठबन्धन भए एमालेलाई फाइदा हुन्छ- योगेश भट्टराई

९ चैत, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावमा सत्ता गठबन्धन मिलेर गए एमालेलाई फाइदा हुने दाबी गरेका छन् ।
केन्द्रीय कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले विचार, सिद्धान्त र कार्यदिशा नमिल्ने दलहरू चुनावमा मिल्नुको औचित्य नहुने बताए ।
उनले कांग्रेस र प्रचण्ड-माधव नेतृत्वका पार्टीबीचको गठबन्धनलाई जनताले स्वीकार नगर्ने दाबी गरे ।
सचिव भट्टराईले भने, गठबन्धन के को लागि ? गठबन्धन भनेको सिद्धान्त, विचार, कार्यदिशा र नीतिका आधारमा हुन सक्छ । कार्यदिशा नमिल्ने बीच गठबन्धन भएर चुनाव कस्तो होला ? कांग्रेस माओवादी माधव नेपालको पार्टीले गठबन्धन गरे भने त्यसको फाइदा एमालेलाई हुन्छ ।
भट्टराईले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अब सबै शक्ति स्थानीय चुनावमा केन्द्रित गर्नुपर्ने बताएको र राजनीकि प्रतिवेदनमा पनि सोही कुरा आएको जानकारी दिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
Leave a Reply