एमाले सरकार ढाल्न वामदेव, झलनाथ र माधवको मुख्य भूमिका : ओली
८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन आफ्नै पार्टीका केही र माओवादीका नेताहरुले ‘लिखत’ लिएर बैठकमा आएको बताएका छन् ।
पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै ओलीले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले एमालेको सरकार ढाल्न सबैभन्दा ठूलो रहेको आरोप लगाए । ‘त्यति बेला नेकपा एमालेलाई ढाल्ने कुरामा, एमालेको नेतृत्व हुन नदिने कुरामा एमालेको नेतृत्व पंक्तिमा रहेका माधव नेपाल, वामदेव गौतम, झलनाथ खनालहरुको ठूलो भूमिका थियो, ओलीले भने, दुई वर्षका लागि हामीले नेतृत्व गर्ने र निर्वाचन गराउने भन्ने सहमति माओवादीसँग भएको हो । यी सब नेताहरुले केपी ओलीले धोका दियो, बेइमानी गर्यो, आदि इत्यादी कुरा गरे । उनले एमाले र माओवादीका केही नेताहरु लिखत लिएर आएको दाबी गरे ।
‘त्यतिबेला एमालेका केही र माओवादीका नेता एउटा लिखत लिएर आएका थिए । केपी ओलीलाई तत्काल हटाउने होइन भने बजेट पेश गरे लगत्तै हटाउने भन्ने कागज लिएर आएका थिए, ओलीले थपे, मैले त्यो कागज फ्याट्ट समाएर फालिदिएँ । यस्ता कागज गरेर केपी ओली पदमा बस्छ ? कुर्सीमा टाँसिन यस्ता कागजमा केपी ओलीले तमसुक गरेर हिंड्छ भनेर मैले फालिदिएको थिएँ ।
प्रतिनिधिसभा विघटन गलत थियो भनेर नबोल्न ओलीको निर्देशन
एमाले अध्यक्ष ओलीले संसद् विघटन गलत थियो भनेर आइन्दा नबोल्न निर्देशन दिएका छन् । उनले यसअघि कतिपय अवस्थामा बोलेको पाइएको भन्दै अब यस्तो नबोल्न निर्देशन दिएका हुन् ।
‘यदाकदा प्रतिनिधिसभा विघटन त गलत नै थियो भनेर सल्लाहकार परिषद्का कमरेडहरूले बोल्नु भएको पाएको छु, अब आइन्दा प्रतिनिधिसभा विघटन गलत थियो भनेर नबोल्ल्नु होला, उनले भने, प्रतिनिधिसभा विघटन सही थियो र नै पार्टी अहिलेको अवस्थामा छ ।
उनले संसद् विघटन नगरेको भए प्रचण्डका भाइ, भतिज, छोरी, ज्वाइँ, सालासालीलाई नियुक्त दिँदादिँदै पार्टी बदनाम हुने दाबी गरे । उनले त्यही विघटन र त्यसपछिका अडानले एमाले मुख्य पार्टीका रूपमा रहेको जिकिर पनि गरे ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply