दाङका १० वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार
११ वैशाख, दाङ । नेकपा एमाले दाङले जिल्लाका १० वटै स्थानीय तहका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ ।
घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
चौधरी ०७४ को स्थानीय तहको निर्वाचनमा घोराहीकै मेयरमा विजयी भएका थिए । उनलाई पार्टीले पुनः मेयरको उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले बताए ।
त्यस्तै तुलसीपुरमा टीकाराम खड्का मेयर र स्यानी चौधरीलाई उपमेयरमा उम्मेदवार उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यसैगरी लमही नगरपालिकामा मेयरमा डन्डीराम चौधरी र उपमेयरमा शुशिला शर्मा उम्मेदवार बन्ने भएका छन् ।
त्यस्तै बबई गाउँपालिकको अध्यक्षका लागि भुवनेश्वर पौडेल र उपाध्यक्षका लागि साबित्रा विश्वकर्मा उम्मेदवार बन्ने भएका छन् । दुवै जना अघिल्लो ०७४ को निर्वाचनमा एमालेबाटै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए ।
शान्तिनगर गाउँपालिकामा अध्यक्षका लागि विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी, दंगिशरण गाउँपालिकामा अध्यक्षका लागि एमएन शाह र उपाध्यक्षका लागि बुधनी चौधरी, राप्ती गाउँपालिकाको अध्यक्षमा जगत पोखरेल र उपाध्यक्षमा कलापति चौधरी उम्मेदवार बन्ने भएका छन् ।
यस्तै गढवा गाउँपालिमा अध्यक्षका लागि सहजराम ऐर र उपाध्यक्षका लागि सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्षका लागि कुलराज गिरी र उपाध्यक्षका लागि सीता यादब, बंगलाचुली गाउँपालिमा अध्यक्षका लागि भेषराज खत्री र उपाध्यक्षका लागि सरस्वता घर्ती उम्मेदवार उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमाले दाङले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
Leave a Reply