मन्त्री झाँक्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

१४ वैशाख, काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले बताएको छ ।
‘आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन’, आयोग स्रोतले भन्यो, उहाँ निर्वाचन आयोगसँग अनुमति त परैको कुरा, कुनै जानकारी पनि नदिई भ्रमणमा जानुभएको देखियो ।
मन्त्री झाँक्रीको विषयमा उजुरी परेपछि आयोगले अध्ययन गरेको थियो । प्रारम्भिक अनुसन्धानमा उनी विदेश भ्रमणमा गएको पुष्टी भएपछि स्पष्टीकरण सोधेको आयोग स्रोतको भनाइ छ ।
मन्त्री झाँक्रीले आयोगले पठाएको स्पष्टीकरणको जवाफसमेत दिएको आयोग स्रोतले बतायो । तर जवाफ आयोगले खोलिसकेको छैन । जवाफ चित्तबुझ्दो नभए आयोगले उनलाई बोलाएर स्पष्टीकरण सोध्न सक्नेछ ।
निर्वाचन आयोगले आयुक्त रामप्रसाद भण्डारीलाई आचारसंहिता अनुगमन र पालना हेर्ने जिम्मेवारी तोकेको छ । यसबारेमा प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply