आज उम्मेदवारी फिर्ता लिन सकिने, अन्तिम नामावली प्रकाशन साँझ ५ बजे

१६वैशाख ,काठमाडौं । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ । आजै साँझ ५ बजे आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी हिजो साँझ उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । आज उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले आफ्नो नाम फिर्ता लिइसकेपछि साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।
स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रमुखमा ३,५१८, उपप्रमुखमा २,१७४ जनाको मनोनय दर्ता भएको छ ।
अध्यक्षमा ३,३९२, उपाध्यक्षमा २,४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ । आयोगले १७ गते चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply