भरतपुर कांग्रेसका बागी जगन्ननाथ पौडेललाई चुनाव चिन्ह ‘भुइँकटहर’

१७ वैशाख, चितवन । नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो ।
कांग्रेसले मेयरका उमेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई साधारण सदस्यबाट निस्कासन गरिसकेको छ । भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी दिएकामा शुक्रबार तीन जनाले उमेदवारी फिर्ता लिएका छन् ।
मेयरका स्वतन्त्र उमेदवार सुमन अधिकारीले मुडा, हरिशरण श्रेष्ठले आँप, हरिश्चन्द्र घिमिरेले जेब्रा, मिलन अधिकारीले हाँस, मोहित पाण्डेले पुतली, यामकान्त शर्मा कँडेलले लौरो, योगलाल श्रेष्ठले खानेपानीको धारा, रमेश भण्डारीले कैंची, रामकृष्ण ओझाले गुलाबको फुल, उद्धव अर्यालले व्याडमिन्टन र कुलराज कँडेलले खरायो चुनाव चिह्न पाएका छन् ।
दलका उमेदवारहरुले भने दलकै चुनाव चिह्न पाएका छन् । गठबन्धनबाट मेयरको उमेदवार बनेकी रेनु दाहालले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा र एमालेका विजय सुवेदीले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply