गठबन्धनका लागि सबैभन्दा ठूलो खड्गो वैशाख ३० मा : ओली

२५ वैशाख, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी ३० वैशाखमा ठूलो मर्का पर्ने दाबी गरेका छन् ।
उनले आफूलाई राजनीतिक र ग्रहदशा हेर्ने दुवै थरी ज्योतिषीले भनेको भन्दै उनले गठबन्धनभित्र ठूलो संकट आउन लागेको दाबी गरेका हुन् ।
ज्योतिषीहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो । यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ’ उनले भने, कस्तो दिन छानेर उहाँहरूले राख्नु भएछ ? यो वैशाख ३० मा त उहाँहरूलाई हुनसम्म हुन्छ क्या ! ढाडै भाँचिने गरी ।
त्यस्तो हुन्छ भन्ने ज्योतिषीहरूको कुरा भएको भन्दै उनले आफू पनि ज्योतिषी हो कि भनेर भ्रम नपाल्न आग्रह गरे ।
उनले आफूले भनेको कुरामा विश्वास नभएर प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषीलाई बोलाएर सोध्न चुनौती दिए । ‘मैले ज्योतिषीहरूको कुरा भनेको । एउटा ग्रहदशा हेर्ने र अर्को राजनीति हेर्ने ज्योतिषी हुन्छन् । अहिलेचाहिं दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडि महासंकट उत्पन्न हुँदैछ भन्छन्’ उनले नभे, ‘होइन भने प्रधानमन्त्रीज्यूले ठयाक्कै-ठयाक्कै मिलाउने उहाँको आफ्नै ज्योतिषीलाई बोलाएर सोध्नु भए हुन्छ । मैले त्यही भनेको छु ।
आफूले गठबन्धन रहन्छ वा रहँदैन भन्नेमा केही नभनेको अध्यक्ष ओलीले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply