किशोरी ‘बलात्कार’ प्रकरणमा अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन

६ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठकले किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश गरेको छ ।
आजको बैठकमा कांग्रेस सांसद गगन थापाले हालै ८ वर्ष पुरानो यौनहिंसाको घटना सार्वजनिक भएको भन्दै तत्काल अनुसन्धान गर्न माग गरेका थिए । थापाको धारणामा ध्यानाकर्षण भएको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।
‘माननीयन्यूले राख्नुभएको यौन हिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु् , सभामुख सापकोटाले भने ।
८ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताका आयोजकले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले भिडिओ सार्वजनिक गरेपछि दोषीलाई कारबाही गराउन चौतर्फी दबाब बढिरहेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply