मौद्रिक नीति समीक्षा : ब्याजदरमा कडाइ हुने

१३ जेठ, काठमाडौं । नेपाला राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । समीक्षामा राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाव कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरसहित अन्य उपकरणको प्रयोग गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
समीक्षाले बजारमा अझै ब्याजदर बढ्न सक्ने संकत गरेको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिको समीक्षाले बैंकदर वृद्धि र राष्ट्र बैंकले अन्य मौदि्रक उपकरण प्रयोग गर्ने संकत गरेको बताए ।
केही महिनादेखि बैंकहरुले भद्र समहति गरेर ब्याजदर बढाएका छैनन् । व्यवसायीहरुले ब्याजदरलाई सीमाभित्र राख्न माग गर्दै आएपनि बजारमा आर्थिक स्थायित्व कायम गर्न सीमाभित्रको ब्याजदरले समस्या पारिरहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि सार्वजनिक रुपमै ब्याजदर बढ्ने संकत गर्दै आएका छन् ।
मुद्रास्फिति र विदेशी विनिमय सञ्चिति घट्दा आयात धान्ने क्षमतामा दवाव पर्दै गएमा मौद्रिक नीति अझ कसिलो बनाउने नेपाल राष्ट्र बैंकले बताएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको उल्लेख गरेको छ ।
यसबाट पनि आयात धान्न सक्ने क्षमता कम भएमा भने थप कडाइ गर्ने नेपाल राष्ट्र बैंकको भनाइ छ । नेपाल राष्ट्र बैंकले कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि प्रदान गर्दै आएको पुनर्कर्जा सुविधालाई सुविधालाई पुनरुत्थान हुँदा बाँकी रहेका अतिप्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने नीतिलाई समेत निरन्तरता दिएको छ । राष्ट्र बैंकले सेयर बजारमा राखेको प्रावधानहरु समेत चलाएको छैन ।
मौद्रिक कार्यदिशा
-मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ ।
-कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि यस बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइएको छ ।
-आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिनेछ ।
मौद्रिक तथा वित्तीय उपायहरू
-मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखिएको छ ।
-मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइनेछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply