गठबन्धनको मोहले गगन थापाको मानवता हराउन लागेको भान भयो : शान्ता चौधरी

१४ जेठ, काठमाडौं । नेकपा एमालेकी सांसद शान्ता चौधरीले कांग्रेस महामन्त्री गगनकुमार थापाको टिप्पणीमाथि खण्डन गरेकी छिन्।
प्रतिनिधिसभाको बैठकमा थापाले बोलेको अभिव्यक्तिलाई लक्षित गर्दै चौधरीले ‘गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो’ भनेकी हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको संसद बैठकमा कुर्सीमा बसेर रोष्ट्रममा झण्डै ३ घन्टा सम्बोधन गरेका थिए। स्वास्थ्यवस्था प्रतिकुल भएको भन्दै उनले कुर्सीमा बसेर सम्बोधन गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटासँग अनुमति पनि लिएका थिए।
त्यसप्रति कटाक्ष गर्दै शुक्रबारको बैठकमा थापाले एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै रन्थनिएको बेलामा जसरी बोलेपनि हुने बताएका थिए।
थापालाई जवाफ दिँदै चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छिन्, ‘माननीय गगनजी तपाईंलाई म सम्मान गर्छु, तपाई प्रती नेपाली जनताले ठूलो आसा र भरोसा राखेको छ, तर तपाइँ आज प्रतिपक्षी नेता स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरा लाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढङ्गले बोल्दा तपाइमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply