विश्वराज पोखरेलको मुद्दा हेर्न नमिल्नेमा

१७ जेठ, काठमाडौं । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा हेर्न नमिल्ने भएको छ । यसअघि दायर भएका डीआईजीको बढुवाविरुद्धको रिट निवेदनपनि सँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो । तत्कालीन डीआईजीहरु धिरज प्रताप सिंह, रवीन्द्र धानुकको एआईजीमा बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । सो रिट र अहिले पोखरेलले आईजीपी धिरजप्रताप सिंहविरुद्ध दायर गरेको रिट एकै इजलासमा राखिएपछि मुद्दा हेर्न नमिल्ने भएको हो । आज उनीहरुको मुद्दामा सुनुवाइका लागि अदालतले म्याद तामेल गरेको छैन । फरक-फरक मुद्दा एकै ठाउँमा राखिएको र तामेल पनि नगरेकाले मुद्दा हेर्न नमिल्ने भएको हो ।
मंगलबार मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पुर्ण सुनुवाइका लागि पेश गर्न आदेश गरेकी थिइन् । आईजीपी नियुक्ति विवादमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
आईजीपी विवादबारे सर्वोच्चका अदालतले सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाउन आदेश जारी गरेको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसकेका छन् ।
यसैबीच पोखरेलले इजलासमा आफ्नो मुद्दा छिटो टुंग्याइदिन आग्रह गरेका छन् । मुद्दाको छिनोफानो हुन ढिलाइ भए आफू साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएकाले छिटो टुंगो लगाइदिन उनले आग्रह गरेका हुन् ।
‘छिटो न्याय पाउँ श्रीमान्, मेरो मुद्दाको टुंगो नलागे साउन २० मा अवकाश हुन्छ । यो मुद्दाको २–३ दिनभित्रै टुङ्ग्याइयोस्’, पोखरेलले भने । जवाफमा न्यायाधीश न्यायाधीश श्रेष्ठले छिटो फैसला गरिने आश्वासन दिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply