अर्थमन्त्रीलाई योगेशको प्रश्न- कमिसन नपाएर शिक्षा र स्वास्थ्यको बजेट नबढाएको हो ?

१७ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले ‘कमिसन नआउने भएकै कारण शिक्षा र स्वास्थ्यमा बजेट नबढाइएको हो ? भनी अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले विगतमा मन्त्री पदमा नरहँदा शर्माले नै कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट नबढाउने टिप्पणी गरेकोबारे ध्यानाकर्षण गराएका हुन् ।
‘टिकटकमा भाइरल भएको एउटा पुरानो भिडियोमा अर्थमन्त्रीज्यूले कमिसन नआउने भएकाले शिक्षा र स्वास्थ्यमा बजेट नबढ्ने गरेको बताउनुभएको रहेछ । अहिले पनि शिक्षा र स्वास्थ्यमा बजेट उल्लेख्य बढाइएको छैन । अर्थमन्त्रीज्यूलाई मेरो गम्भीर प्रश्न छ, के कमिसन नआउने भएकाले शिक्षा-स्वास्थ्यको बजेट नबढाउनुभएको हो ?, भट्टराईले प्रश्न गरे ।
यसपटकको बजेट गन्तव्यहीन भएको टिप्पणी गर्दै भट्टराईले बजेटले मुलुकको हित नगर्ने बताए । यो चौबाटोमा उभिएको बजेट हो । गन्तव्य प्रष्ट नभएकोले यो कतै पनि जाँदैन । यो अल्मलिएर चौबाटोमै बस्छ र यसबाट मुलुकलाई कुनै हित हुनेवाला छैन’, उनले भने ।
प्रतिनिधिसभामा २ घण्टा ५५ मिनेटसम्म शान्तिपूर्वक बजेट वाचन गर्नु नै अर्थमन्त्रीको सफलता भएको व्यंग्य भट्टराईले गरे ।
यसपटक अर्थमन्त्रीज्यूले बोक्नुभएको बजेट वक्तव्यको ब्रिफकेश तोडफोड भएन । संसदमा माननीय सदस्यहरु बस्ने कुर्सी भाँचिएनन्, संसदका माइकहरु भाँचिएनन् र अर्थमन्त्रीले शान्तपूर्वक २ घण्टा ५५ मिनेट लगाएर बजेट पढ्न पाउनुभयो । सायद हाम्रो लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व हुँदै गएको छ’ भट्टराईले भने ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply