१८ जेष्ठ २०७९, बुधबार ०९:५५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अन्तर्घातको आरोपमा एमालेले गर्यो तीन नेतामाथि कारबाही

१८ जेठ, काठमाडौं । नेकपा (एमाले) ले पोखरा महानगरपालिकाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै तीन नेतामाथि कारबाही गरेको छ।
पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई कारबाही गरेको हो ।
एमालेले तीन जना नेतालाई पार्टी संगठित सदस्यबाट निलम्बन गरेको कास्की जिल्ला कमिटीका अध्यक्ष मनबहादुर गुरुङले विज्ञप्ति मार्फत जनाएका छन् ।
एमाले कास्कीले ३३ नं वडा कमिटीका उपाध्यक्ष महेश अर्याललाई कमिटीबाट हटाएको छ भने पोखरा–२१ का मनोज पहारी र ३३ का प्रशान्त आचार्यलाई संगठित सदस्यताबाट निलम्बन गरेको छ ।
पोखरा महानगरमा एमालेबाट छोडेका गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य विजयी भएका थिए भने एमालेका कृष्णबहादुर थापा पराजित भएका थिए।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply