तनहुँमा मान्द्रे खोलाले बगाउँदा एक जनाको मृत्यु

२८ जेठ, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित मान्द्रे खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । खोला तर्ने क्रममा बाढीले बगाउँदा यामबहादुर विकको मृत्यु भएको हो । शुक्रबार राति करिब १०ः२० बजे खोला तर्ने क्रममा भेलले बगाउँदा शुक्लागण्डकी-१० कुखुरे खोला बस्ने ५२ बर्षका विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।
विक घर जान तर्ने क्रममा बर्षाका कारण आएको मान्द्रे खोलाको भेलले बगाएको थियो । उनको खोजतलास गर्दा आज बिहान ७ बजे तरेको ठाउँदेखि करिब ७०० मिटर तल बाङ्गे खोलाको छेउमा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि दमौली अस्पताल पठाइएको छ ।
वडाध्यक्ष राजेन्द्र भट्टराईका अनुसार विक परम्परागत रुपमा आरनसँगै खेतीपाती र मेलापात गरी घर व्यवहार चलाउँथे । विकको पाँच जनाको परिवार छ । जिल्लामा हिजो साँझ ९ बजेपछि भारी बर्षा भएको थियो । ठाडो खोला भएकाले बर्षातपछि उक्त खोलामा ठूलो बाढी आउने गर्दछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply