आईजीपी नियुक्ति विरुद्धको रिट कामु प्रधानन्यायाधीश र न्यायाधीश चुडालको बेन्चमा
३० जेठ, काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको छ ।
वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण सुनुवाइका लागी पेश गर्न आदेश गरेकी थिइन् । जेठ १७ मा एआईजी बढुवा विरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की समेतले दायर गरेको रिट लगाउमा राखेर न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नमा पेश तोकिएको थियो । तर, प्रत्यर्थी धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वसन्त पन्तको म्याद तामेल नभएको देखिएपछि जेठ १७ मा सुनुवाई भएन ।
न्यायाधीश श्रेष्ठ र चुडाल सम्मिलित इजलासले जेठ ३० मा मुद्दाको अन्तिम सुनुवाई गर्न पेशी तोकेका थिए । सोमबार आईजीपी नियुक्ति बिरुद्ध परेको रिट र पूर्व डिआईजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले एआईजीपी बढुवा विरुद्ध हालेको रिट सँगै सुनुवाई हुने भएको छ । घनश्याम अर्याल सहित ३ जना डीआईजीले अहिलेका आईजीपी धीरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बरियता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए ।
आईजीपी विवादबारे सर्वोच्च अदालतले धीरजप्रताप सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाएको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसकेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply