प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

२ असार, काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।
बुधबारकै बैठकमा ती मन्त्रालय र निकायले जवाफ दिने तयारी गरिए पनि सम्भव नभएपछि आजको बैठकमा तयारी गरिएको हो । विभिन्न मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि बजेट पारितको चरणमा पुग्नेछ ।
बजेटअन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमा खर्च कटौती सम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गर्ने कार्यसूची छ । संसद सचिवालयका अनुसार २३ जना सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् ।
प्रश्नको जवाफ दिने काम सकिएपछि आजै अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply