प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

९ असार, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
न्यायाधीश टंक मोक्तानको आदेशपछि सर्वोच्चले बिहीबार रिट दर्ता गरेको निवेदक अधिवक्ता किशोरकुमार पौडेलले जानकारी दिए।
यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। त्यसविरुद्ध पनि पौडेलले निवेदन दिएपछि मोक्तानको इजलासले दरपीठ बेरितको देखिएको भन्दै बदर गरिदिएको थियो।
रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकिएको छ। मन्त्री आलेको व्यवहार पटक पटक विवादमा परेको भन्दै पदमा बसिरहन योग्य नरहेको निवेदक अधिवक्ताको जिकिर छ।
‘निज सो पदमा बसिरहन असक्षम रहेको प्रस्ट छ। निजको गैरजिम्मेवार अभिव्यक्तिले समाजलाई अपुरणीय क्षति पुगेको विषयमा यस सम्मानित अदालत जानकार छ। निज सो पदमा रहिरहँदा थप सिंगो समाज, देश, विदेशमा नकरात्मक प्रभाव पर्ने र थप क्षति पुग्ने भएकाले निजलाई मन्त्री पदमा आजकै मितिदेखि मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म काम नगर्नु, गर्न नदिनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीको नाममा सुविधा सन्तुलनको रोहमा अन्तरिम आदेश जारी गरी पाउँ’, रिटमा उल्लेख छ।
आलेजस्ता निर्लज्ज व्यक्ति भविष्यमा कुनै पनि सार्वजनिक पदमा आउन नहुने भएकाले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लगाउन आदेश
पर्यटनमन्त्री आलेविरुद्ध संसद सचिवालयमा उजुरी
यसअघि मन्त्री आलेविरुद्ध पौडेलसहितले नै संघीय संसद सचिवालयमा पनि उजुरी दिएका थिए।
सांसदका रुपमा अमर्यादित गतिविधि गर्दै मन्त्रालयमै अश्लील शब्द बोलेको भन्दै संसद सचिवालयमा परेको उजुरीमाथिको कारबाहीबारे केही जानकारी मिलेको छैन।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply