नागरिकता विधेयक अघि बढाउन माग

१०, असार, काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गरे । उनले भने, संविधानमा भएको व्यवस्था बाझिने गरी कानुन बनाउनु हुँदैन ।
सांसद रामचन्द्र राईले केही सीमित व्यापारिका हितमा हुनेगरी बजेटमा करको दर फेरबदल हुनु उचित नभएको टिप्पणी गरे । उनले नागरिकतासम्बन्धी विषय जनताको दैनिकीसँग जोडिएको विषय भएकाले यससम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न माग गर्दै ढिलै भए पनि गृह मन्त्रालयले यस सम्बन्धमा पहल गरेकामा सरकारलाई धन्यवाद दिए ।
सांसद बिना पोखरेलले मनसुनी विपद्बाट हुने सम्भावित क्षति रोक्न बेलैमा तयारी थाल्न सरकारसँग आग्रह गर्दै मूल्य वृद्धि भएकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । उनले रसायनिक मलको कमी देखिएको वर्तमान अवस्थामा किसानलाई प्रोत्साहन गर्न तथा कृषि उत्पादन बढाउन सरकारले बेलैमा मलको आपूर्ति गरी वितरणका लागि सहज अवस्था निर्माण गर्नसमेत आग्रह गरिन् ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले उच्च मूल्यवृद्धिले जनतालाई समस्या बनाएकाले समाधानका उपाय पहिल्याउन सरकारसँग आग्रह गरे । उनले आमाको नामबाट नागरिकता दिन सकिने कुरा कानुन नबनेका कारण समस्या उत्पन्न भएको जनाउँदै नागरिकतासम्बन्धी संविधानको व्यवस्था तुरुन्त कार्यान्वयन गर्न माग गरे ।
सांसद सुरेशकुमार आलेमगरले नागरिकसम्बन्धी विषय संवेदनशील विषय भएकाले यसमा सबै दलबीच सहमति गरी शीघ्र कानुन निर्माणमा जुट्नुपर्ने धारणा व्यक्त गरे । उनले संविधानमा व्यवस्था भएको आमाको नामबाट नागरिकता दिने विषय कार्यान्वयनमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद डा. विमला राई पौड्यालले शारीरिक र मानसिकरुपमा स्वास्थ्य हुन विवाह गर्ने उपयुक्त उमेर २० वर्ष उपयुक्त हुने जनाउँदै यसलाई घटाउन नहुने धारणा व्यक्त गरिन् । सांसद नरबहादुर विष्टले रमसायनिक मलको आयात सहज गरी आपूर्ति गर्न सरकारसँग जवाफ माग गरे ।
सांसद देवेन्द्र दाहालले समान दृष्टिकोणका आधारमा मित्र राष्ट्रसँग सम्बन्ध राख्नुपर्ने धारणा व्यक्त गरे । सांसद प्रकाश पन्थले तनहुँमा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास अस्पतालले जनशक्तिको अभावमा उचित सेवा प्रवाह गर्न नसकेको उल्लेख गर्दै प्रतिष्ठित प्रतिष्ठान बनाउने सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply