प्रचण्डले पार्टी एकताको चरम दुरुपयोग गरे : ओली

१० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले पार्टी विभाजनको दोषी पनि प्रचण्ड नै भएको बताएका छन् ।
ओलीले आफूले कसैलाई पार्टीबाट निकालेको नभई प्रचण्डले एकताप्रति इमान्दारीता देखाउन नसक्दा कम्युनिष्ट पार्टी विभाजन भएको बताए । प्रचण्डले पार्टी एकताको चरम दुरुपयोग गरेर पार्टी अध्यक्षमाथि आरोपको पुलिन्दा बनाएका ओलीले आरोप लगाए । पार्टीबाट आफूलाई निष्कासन गरी पार्टी कब्जा गर्ने र प्रतिक्रियावादीको सेवामा अर्पण गर्ने काम प्रचण्डले गरे पनि पार्टीलाई आफूले जोगाएको उनले बताए ।
त्यस्तै ओलीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग गरेको बताए । त्यतिका बावजुद पनि एमालेको जनमत नघटेको उनले बताए । ओलीले भने, १५ सालयता अहिले जस्तो राज्यशक्तिको दुरुपयोग कहिल्यै भएको थिएन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply