एसपीपीका सम्पूर्ण चिठी संसदमा ल्याउन प्रधानमन्त्रीलाई नेता नेम्वाङको आग्रह

१६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषय छानबिन हुनुपर्ने बताएका छन् ।
आज ६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले सांसदले यस्तो गम्भीर विषय उठाउँदा पनि त्यसै छाड्दा संसद् कमजोर हुँदै जाने बताए । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति बजेटमा हेरफेरमा संलग्न गराएको विपक्षी दलका नेताहरुले आरोप लगाउँदै आएका छन् ।
अर्थमन्त्री शर्माले घिमिरे कार्यकक्षमा पस्ने बित्तिकै चुकुल लगाउन निर्देशन दिएर मन्त्रालयका कर्मचारीलाई घिमिरेले भनेअनुसार गर्न अह्राएको आरोप प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगाउँदै आएको छ । । सोहि विषयलाई लिएर एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको छ ।
यस्तै नेता नेम्वाङले एसपीपीबारे अहिलेसम्म अमेरिकालाई लेखेको सबै पत्र संसदमा ल्याउन प्रधानमन्त्रीलाई माग गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १५ औं दिनमा सेनाबाट अमेरिकालाई पत्र लेखिएको उनले बताए । तर, उक्त चिठीबारे तत्कालीन प्रधानमन्त्री ओलीलाई कुनै जानकारी नभएको उनले बताएका छन् ।
‘एसपीपीलाई लिएर प्रधानमन्त्री भएको १५ औं दिनमा सेनाबाट एउटा चिठी गएछ । त्यो ठिक हो कि होइन, नेम्वाङले भने, त्यो प्रश्न उठ्ने बित्तिकै ओलीले नै केपी ओलीले लेखेको भन्ने भो । अचम्मको कुरा होइन भन्छु म । उहाँले पनि मैले लेख्न लगाएको होइन भन्नुभयो । उक्त पत्र यतिकै झुण्डिएर बस्न नहुने नेम्वाङले बताएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply