एसपीपी स्वीकार नगर्ने पत्रबारे जानकारी गराउन सभामुखको रुलिङ

५ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरुले एसपीपीको अवस्थाका विषयमा उठाएको प्रश्नमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले एसपिपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन् ।
माननीय सदस्यहरुले उठाउनुभएको एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु’ उनले प्रतिनिधिसभा बैठकमा भने ।
मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भएपनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन ।
नेकपा एमालेका सांसद भीमबहादुर रावल, नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङलगायतले एसपीपीमा सहभागी नहुने भनी सरकारले पत्राचार नगरेको भन्दै रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply