८ श्रावण २०७९, आईतवार ११:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बुटवलको कल सेन्टरमा प्रहरीको छापा : १५० युवा-युवती पक्राउ

८ साउन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित जानकी नगरमा सञ्चालित ब्लु स्काइ कल सेन्टरमा प्रहरीले छापा हानेको छ । एक भारतीय र दुई नेपालीले घर भाडामा लिएर सञ्चालन गर्दै आएको कल सेन्टरमा प्रहरीले छापा मारेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले घरमा तीन फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट अवैध धन्दा गर्ने गरेको पाइएको बताए ।
उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको छ । कल सेन्टरमा १५० जना काम गर्ने युवा युवती रहेको उनले बताए । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले कल सेन्टरका सात सञ्चालकसहित डेढ सय युवा-युवतीलाई पक्रेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply