सिमरा, परवानीपुरलगायतका क्षेत्रमा भारी बर्षा, खतराको ‘साइरन’ बजाइयो

१२ साउन, काठमाडौँ । अहिले देशका विभिन्न भागमा ठूलो पानी परिरहेको छ । बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाको धेरै स्थानमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ ।
उक्त क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले पसाहा खोला, दुधौराखोलालगायत सो क्षेत्र भई बहने खोलामा आकस्मिक बाढी आउनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । चितवन र आसपासका क्षेत्रका भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
सो क्षेत्र भएर बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी आउनसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखमले आग्रह गरेको छ । चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भएको छ । थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने राप्तीलगायत अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्ने र डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ ।
परवानीपुरमा पछिल्लो २४ घण्टामा १०८ मिलिमिटर वर्षा मापन भएको छ । त्यसैले सो क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ । यस्तै पूर्वी नवलपरासी पूर्वको दुम्कौलीमा पनि भारी वर्षा मापन भएको छ । दुम्कौलीमा पछिल्लो २४ घण्टामा १३४.४ मिलिमिटर वर्षा मापन भएको छ । त्यहाँ पनि खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply