एमालेमा भित्रिए लमजुङका कांग्रेस र माओवादीका यी प्रभावशाली नेता

१३ साउन, काठमाडौं । नेपाली कांग्रेस लमजुङका नेता द्वारिकाप्रसाद मिश्र र माओवादी निकट प्रेस सेन्टर लमजुङका अध्यक्ष रुद्र ढकाल र जसपाका लक्ष्मी मिश्रसहित ११० जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
कांग्रेस नेता मिश्र २८ वर्षपछि पुरानै घर फर्किनुभएको हो । २८ वर्षसम्म नेपाली काँग्रेसमा आवद्ध भई सुन्दरबजार नगर समितिका सभापति, २०७४ मा स्थानीय निर्वाचनमा प्रमुखमा स्वतन्त्रबाट उम्मेदवार भएका मिश्र तरुणदल लमजुङका पूर्व सचिव हुनुहुथ्यो।
मिश्रको शुरुवाती राजनीति भने एमालेबाटै सुरु भएको थियो । मिश्रले बिहीबार सुन्दरबजारमा पत्रकार सम्मेलन गरी नेपाली काँग्रेसहित विभिन्न पार्टीबाट १०९ जना एमालेमा प्रवेश गरेको घोषणा गर्नुभएको हो । त्यस्तै, प्रेस सेन्टर लमजुङका अध्यक्ष ढकाल पत्रकार महासंघ जिल्ला सचिव समेत हुनुहुन्छ।
त्यस्तै जिल्ला समन्वय समिति लमजुङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।बिहीबार भएको मतदानमा कुल १६ मतादाता रहेकोमा एमालेको मात्रै बहुमत ९ मत रहेकोमा गठवन्धन भत्काउँदै एमालेको पक्षमा १० मत प्राप्त भइ प्यानल नै विजयी भएको हो । एमालेका पुर्ण गुरुङ १० मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मुरली कुमालले ६ मत प्राप्त गरे ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply