म्याग्दी पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु, २ जना घाइते

१७ साउन, म्याग्दी । म्याग्दीमा आज बिहान पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।
म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार जिल्लाको मालिका गाउँपालिका-२ रुममा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो ।
प्रहरी टोली भर्खरै घटनास्थल पुगेको प्रवक्ता ढकालले जानकारी दिएका छन् । बेपत्ता तीन जनाको शव भेटिएको पनि भेटिएको जानकारी दिंदै उनले भने, ‘योसँगै मृतकको संख्या ५ पुगेको छ । सबै जना एकै परिवारका हुन् ।
उनका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर, उनका पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र नाम नखुलेकी ५ वर्षीया छोरीको शव फेला परेको हो ।
यस्तै त्यही ठाउँमा पहिरोल अर्को घर पुर्दा दुई जना घाइते भएका छन् । स्थानीय ६५ वर्षीय गोठे विक र उनकी पत्नी ६५ वर्षीयालाई घाइते अवसथामा उद्धार गरिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply