बक्यौता तिर्न बाँकी छ, इन्धनको मूल्य घटाउन सकिंदैन : आयल निगम

१८ साउन, काठमाडौँ । नेपाल आयल निगमले हालकै अवस्थामा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने स्पष्ट पारेको छ । आज एक विज्ञप्ती जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आए पनि भाउ घटाउन नसकिने जनाएको हो ।
निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी) सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँ समेत बुझाउनुप र्ने अवस्था रहेको निगमले जनाएको छ ।
यस्तै भारतबाट १६ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ र डिजेलमा प्रतिलिटर २१.९२ रुपैयाँ घाटा रहेको थियो । जुन १ अगस्टमा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २.७८ रुपैयाँ नाफा र डिजेलमा प्रतिलिटर ९.३७ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।
यस्तै, यही अगस्तमा आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ४९९.५७ रुपैयाँ घाटा रहेको बताइएको छ । यस हिसाबले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ र मासिक १ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ । सोहीकारण, अहिलेकै स्थितिमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply