गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने, होशियारी अपनाउन आग्रह

१९ साउन,काठमाडौं । देशभर आज बिहान सामान्य बदली रहेको मौसमविदले जनाएका छन् । केही स्थानमा हल्का वर्षा भइरहेको छ । केही स्थानमा गए राति भएको भारी वर्षाका कारण बाढी आएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभाको भनाइ छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यसैबीच गए राति देशका विभिन्न स्थानमा ठूलो पानी परेको छ । गए राति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धेरै स्थानमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
पर्वत, गोरखा र आसपासका केही स्थानमा पनि भारी वर्षा भएकाले उक्त जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले बिहानसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
दोलखामा पनि गए राति भारी वर्षा भएको छ । तामाकोशी नदी, गोंगर जगतमा जलसतह ४.५२ मिटरले बढेको छ । जलस्तरले सतर्कता तह पार गरेको र नदी बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेले बिहानसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्युठान र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । लुङ्गरी नदीमा जलसतह ३.५८ मिटरले बढेको छ । नदीमा जलस्तरले सतर्कता तह पार गरेको बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रमा बस्नेले बिहानसम्म उच्च सतर्कता अपनाउनु पर्ने विभागको आग्रह छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply