चुनावमा गठबन्धन गर्नु अराजनीतिक : पोखरेल

२४ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निणर्य अराजनीतिक भएको बताएका छन् । आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकिर गर्दै उनले यस्तो बताएका हुन् ।
मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा कुनै दलले बहुमत ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा हुने गरेको भए पनि चुनावमा गठबन्धन गरेर जाने कुरा नहुने गरेको उनले दावी गरे । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार हुने गरेको आरोप लगाए ।
अहिले पाँच दलीय गठबन्धन नीतिको प्रश्नमा, उद्देश्यको प्रश्नमा, लक्ष्यको प्रश्नमा स्पष्ट छैन भने त्यसले मुलुकलाई सही बाटो दिन कसरी सक्छ ? कहिलेकाँही जनताले दिएको म्यान्डेटमा कुनै दल विशेषले बहुमत ल्याउन सकेन भने सरकार निर्माणका समयमा गठबन्धन गर्ने कुरा दुनियाँको लोकतन्त्रमा पाइन्छ । तर, चुनावमा गठबन्धन गर्ने कुरा भनेको अराजनीतिक कुरा हो । एक प्रकारले आफ्ना नीतिमाथि, विश्वास र भरोसा नहुने कुरा हो । यो कुराप्रति नेकपा एमाले सहमत छैन, उनले भने ।
महासचिव पोखरेलले आफ्नो नीति छोडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा एमाले नरहेको स्पष्ट पारेका छन् । उनले भने, नेकपा एमाले आफ्नो नीतिको आधारमा अघि बढ्छ । आफ्नो नीतिसँग सहमत हुनेहरुसँग चुनावी तालमेल गर्छ । आफ्नो नीतिलाई छोडेर कुनै पनि प्रकारको गठबन्धनको पक्षमा एमाले छैन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply