सत्ता गठबन्धनले तीन आधारमा सिट बाँडफाँट गर्ने, शीर्ष नेतालाई जिताउने रणनीति बनाइने

२६ साउन, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन कार्यदलले सिट बाँडफाँटबारेको खाकालाई आउँदो सोमबार टुंग्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कार्यदल बैठकले आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाकाबारे छलफल गर्दै अर्को बैठक यही साउन ३० गते सोमबार बस्ने गरी टुंगिएको हो ।
सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट तीन आधारमा गर्ने भएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकमा तीन आधार बनाई सिट भागबण्डा गर्ने समझदारी बनेको हो ।
सहमतिअनुसारका तीन आधार, पहिलो, प्रत्यक्षमा पाएको मत र जितेको सिट । दोस्रो, समानुपातिकमा पाएको मत । तेस्रो शीर्षसहितका प्रभावशाली नेताहरुलाई संसदमा ल्याउने । कार्यदलका एक सदस्यले दिएको जानकारीअनुसार बिहीबारको बैठकमा प्रत्यक्षमा चुनाव जित्ने दल र उसले पाएको मतलाई विश्लेषण गरेर उक्त क्षेत्र त्यही दललाई दिने कुरा भएको छ । यस्तै पाँच दलले समानुपातिक प्रणालीमा पाएको मतलाई पनि आधार मानेर भागबण्डा प्रस्ताव पेश भएको छ ।
कतिपय क्षेत्रमा व्यक्तिलाई मत नआउने तर, पार्टीलाई मत खसेको हुनसक्छ, त्यो पनि हेरेर सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव छ,’ ती नेताले भने । पाँच वटै पार्टीमा रहेका शीर्ष नेतालाई जसरी पनि संसदमा ल्याउनुपर्ने रणनीतिसहित गठबन्धनमा सहमति कायम गर्ने समझदारी बनेको छ ।
‘हाइ प्रोफाइल लिडरहरूलाई संसदमा ल्याउनुपर्छ, त्यसका लागि गठबन्धनमा साझा सहमति खोज्ने भन्ने भएको छ,’ अर्का नेताले भने, ‘शीर्ष नेताहरुले पाएको मतको पनि विश्लेषण गर्ने भन्ने छ ।
यी तीन आधारमा बाँडफाँटको कुरा भए पनि सबै पार्टीहरूमा फेरि छलफल गरेर बैठक ३० गते बस्ने निर्णय भएको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए ।
‘गठबन्धनका शीर्ष नेताहरुको मार्ग दर्शनबमोजिम हामी छलफलमा छौं । सहमतिको मोडालिटी तय गर्दैछौं । आगामी ३० गते अर्को बैठक बस्ने गरी आजको बैठक सकियो,’ कार्यदल सदस्य माओवादी केन्द्रका नेता देव गुरुङले भने, ‘साउन मसान्तसम्ममै काम सकाउँछौं ।
यसअघि बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र) बाट नेताहरू वर्षमान पुन र देव गुरुङ छन् ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । यही साउन २३ गते बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई चयन गरेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply