ओली-त्रिपाठी बीच भेटवार्ता चुनावी सहकार्यबारे छलफल

३० साउन,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रीपाठीबीच भेटवार्ता भएको छ ।
त्रिपाठी आज बालकोट पुगेर चुनावी सहकार्यका लागि ओलीलाई प्रस्ताव गरेका छन् । यसअघि प्रतिनिधिसभा निर्वाचनमा पनि सूर्य चुनाव चिन्हबाट लडेर विजयी भएका त्रिपाठीले गठबन्धन गरेर जान आग्रह गरेका हुन् ।
विसं २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट अलग हुँदै स्वतन्त्र बनेका थिए । उनीसँगै स्वतन्त्र बनेका बृजेशकुमार गुप्ता एमाले प्रवेश गरे पनि त्रिपाठीले नयाँ पार्टी गठन गरेका थिए ।
उनले अध्यक्ष ओलीसँग समसमायिक राजनीतिक विषयमा छलफल भएको बताए । समसमायिक राजनीतिक विषयमा छलफल भएको हो । आउँदो चुनावमा कसरी तालमेल गरेर सँगै जान सकिन्छ भन्ने विषयमा पनि कुराकानी भयो, उनले भने ।
उनीहरुबीच राष्ट्रपति विद्या देवी भण्डारीले आइतबार फिर्ता पठाएको नागरिकता विधेयक सम्बन्धमा पनि छलफल भएको छ । नागरिकता विधेयकको विषयमा अध्ययन गर्न बाँकी रहेको ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘चुनावी तालमेल सामान्य कुरा हो । हामी पनि मलेर जाँउ भन्ने विषयमा गहन छलफल भएको हो, उनले भने ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply