दर्ताका लागि दलहरूले दिएका निवेदन आजदेखि जाँचबुझ गरिंदै

१ भदौ, काठमाडौं । निर्वाचन आयोगले आज देखि दर्ताका लागि दलहरुले दिएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ । मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि निवेदन दिएका सबै दलको निवेदनमा आयोगले आजदेखि जाँचबुझ गर्न थालेको हो ।
दलहरूले बुझाएका कागजातबारे अध्ययन गरिनेछ । त्यसपछि दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुनेछ । आयोगले तोकेको अवधिमा आयोगमा दल दर्ताका लागि ८४ दलले निवेदन दिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ ।
निर्वाचन आयोगले निवेदनका लागि हिजोसम्मको समयावधि तोकेको थियो । निर्वाचन आयोगका अनुसार अब आयोगले भदौ ८ गतेसम्म दलहरूको निवेदनमाथि अध्ययन एवं छानबिन गर्नेछ । सबै परीक्षणपछि दलहरुलाई दर्ताका लागि आयोगमा पेस गरिनेछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुने निणर्य गरेका छन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टीले पनि एउटै चुनाव चिह्नमा चुनाव लड्नेछन् । नेकपा ( समाजवादी), सामाजिक एकता पार्टी र नेपाल दलित पार्टी तथा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र रमेश प्रसाद खरेलको नेपाल सुशासन पार्टीले पनि एउटै चुनाव चिह्नबाट चुनावमा भाग लिने भएका छन् ।
प्रवक्ता पौडेलका अनुसार संयुक्त चुनाव चिह्न लिएर चुनावमा प्रतिष्पर्धा गरे पनि चुनावपछि सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुनेछ । त्यो संसदीय दलको ह्वीप नमानेमा सदस्यता नरहने सम्मको कानूनी व्यवस्था छ । प्रवक्ता पौडेलका अनुसार अहिले ७७ वटै जिल्लामा मतदाता नामावली अद्यावधिकको काम भैरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ९५ दिन बाँकी छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply