त्रिविको पत्रकार सम्मेलन नेविसंघले बिथोल्न खोज्दा तनाव, तीन जना घाइते

१२ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा विद्यार्थीको समूहले बिथोल्ने प्रयास गरेको छ ।
त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खाेज्दा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सम्मेलन नगर्न दबाब दिएकाे थियाे । त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने याेगेन्द्र रावलले त्रिवि प्रशासनलाई दबाब तथा विरोधबाजी गरेपछि स्थिति तनावपूर्ण बनेकाे थियाे । त्यसै क्रममा नेकपा एमाले निकट अनेरास्ववियुले काउन्टर प्रदर्शन गर्याे । त्यसपछि दुईपक्षबीच झडप भएको छ । घटनामा दुई विद्यार्थी र एक जना प्रहरी घाइते भएका छन् ।
प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी रुकुेश ताण्डुकारका अनुसार त्रिविकाे पत्रकार सम्मेलन भइरहेका बेला नेविसंघ र अनेरास्ववियुबीच विवाद भएको हो । ‘अहिले दुवै पक्षबीच छलफल भइरहेको छ’ उनले भने ।
त्रिभुवन विश्वविद्यालयका नेविसंघ नेता सुमनप्रसाद अधिकारी चाहिँ शान्तिपूर्ण प्रदर्शनका गरिए पनि प्रशासनले त्यसविरुद्ध अर्काे समूहरुलाई उतारेको दाबी गर्छन् । उनी भन्छन्, ‘हामीविरुद्ध प्रशासनले एमाले कार्यकर्ता उतारेको छ ।’
त्रिविको प्रश्नपत्रमा त्रिवि पदाधिकारीले लापरबाही गरेकेा भन्दै नेपाल विद्यार्थी संघले २७ असारदेखि विश्वविद्यालयका विभिन्न कार्यालयमा तालाबन्दी गरेको थियो । त्यसविरुद्ध त्रिवि प्रशासनले पत्रकार सम्मेलन गरी जानकारी दिने कार्यक्रम थियो ।
नेविसंघका कार्यकर्ताहरु शुक्रबार जमलस्थित एक होटलमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकमा पनि जबर्जस्ती प्रवेश गरेका थिए । बेलुकी साढे ४ बजे नेविसंघमा आबद्ध विद्यार्थी हौं भन्दै गएका उनीहरुले उपस्थित पदाधिकारीलाई दुर्व्यवहार गरेको विश्वविद्यालयले जनाएको छ ।
उपस्थिति कार्यकारी परिषद्का सदस्य एवं कर्मचारीबाट कार्यकारी परिषद्का विगतका निर्णयसहितको पुस्तिका एवं अन्य महत्वपूर्ण कागजपत्र र फाइलहरु खोस्ने, कब्जा गर्ने, पदाधिकारी तथा कर्मचारीहरुलाई हातपात गर्न खोज्ने आदि जस्ता अभद्र व्यवहार गरी महत्वपूर्ण कागजातन लुटेर लैजाने कार्य गरेको प्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’ त्रिविले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply