सेन्ट्रल प्लाजा र राहदानी विभागमा महानगरको निरीक्षण, नक्सा हेरेर फर्कियो
१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोलीले आज नारायण चौरस्थित सेन्ट्रल प्लाजा र त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको रेष्टुरेन्टमा निरीक्षण गरेको छ ।
भदौ ६ गतेदेखि चलेको अभियान निरन्तर जारी राख्दै निरीक्षणमा निस्किएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । ‘हामी निरन्तर अवैध संरचना भत्काउने अभियानमा छौं , उनले भने ।
पाण्डेका अनुसार राहदानी विभाग अगाडिको रेष्टुरेन्टलाई हटाउन निर्देशन दिइएको छ । दुई ठाउँमा पुगेर फर्किएका छौँ । नक्सापास हेर्दैछौँ । त्यसपछि कतै निस्कन्छौं, उनले भने । सेन्ट्रल प्लाजाका सञ्चालकले प्लाजाको अन्डर ग्राउन्ड पार्किङ प्रयोजनका लागि नभएको दाबी गर्दा कारबाही बिना नगर प्रहरी टोली फर्किएको महानगरले जनाएको छ ।
नगर प्रहरी टोलीले बैंक अफ काठमाण्डूको नक्साल शाखामा पनि निरीक्षण गरेको छ । बैंक रहेको भवनमा नक्सापासविपरीत अवैध संरचना निर्माण भए नभएकोबारे निरीक्षण गरिएको नगर प्रहरी प्रमुख एसपी पाण्डेले बताए । भदौ ६ गतेदेखि सञ्चालित अवैध संरचना हटाउने महानगरको अभियान जारी छ । महानगरका मेयर बालेन्द्र शाह को निर्देशनमा नगर प्रहरीले अवैध संरचना हटाउँदै आएको छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
Leave a Reply