सेन्ट्रल प्लाजा र राहदानी विभागमा महानगरको निरीक्षण, नक्सा हेरेर फर्कियो
१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोलीले आज नारायण चौरस्थित सेन्ट्रल प्लाजा र त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको रेष्टुरेन्टमा निरीक्षण गरेको छ ।
भदौ ६ गतेदेखि चलेको अभियान निरन्तर जारी राख्दै निरीक्षणमा निस्किएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । ‘हामी निरन्तर अवैध संरचना भत्काउने अभियानमा छौं , उनले भने ।
पाण्डेका अनुसार राहदानी विभाग अगाडिको रेष्टुरेन्टलाई हटाउन निर्देशन दिइएको छ । दुई ठाउँमा पुगेर फर्किएका छौँ । नक्सापास हेर्दैछौँ । त्यसपछि कतै निस्कन्छौं, उनले भने । सेन्ट्रल प्लाजाका सञ्चालकले प्लाजाको अन्डर ग्राउन्ड पार्किङ प्रयोजनका लागि नभएको दाबी गर्दा कारबाही बिना नगर प्रहरी टोली फर्किएको महानगरले जनाएको छ ।
नगर प्रहरी टोलीले बैंक अफ काठमाण्डूको नक्साल शाखामा पनि निरीक्षण गरेको छ । बैंक रहेको भवनमा नक्सापासविपरीत अवैध संरचना निर्माण भए नभएकोबारे निरीक्षण गरिएको नगर प्रहरी प्रमुख एसपी पाण्डेले बताए । भदौ ६ गतेदेखि सञ्चालित अवैध संरचना हटाउने महानगरको अभियान जारी छ । महानगरका मेयर बालेन्द्र शाह को निर्देशनमा नगर प्रहरीले अवैध संरचना हटाउँदै आएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply