१७ भाद्र २०७९, शुक्रबार १२:४१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उदयपुरमा एकै परिवारका तीन जनाको दिउँसै विभत्स हत्या

१७ भदौ, उदयपुर । उदयपुरको बेलका नगरपालिका-७ मैनामैनी गोधाटारमा आज दिउँसो एकै घरका तीन जनाको विभत्स हत्या भएको छ ।
बेलका नगरपालिका-८ का वडाध्यक्ष जयकुमार राईका अनुसार दाजु पर्ने ४० बर्षीय नरबहादुर बस्नेतले ३० बर्षीय भाइ राजकुमार बस्नेत, ३० बर्षीया बुहारी सरिता बस्नेत र १२ बर्षीय सुजन बस्नेतलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।
उनका अनुसार घटना शुक्रबार दिउँसो साढे १२ बजे भएको हो ।
खेतबारीमा काम गर्न जाँदै गर्दा बाटोमा झगडा भएपछि नरबहादुरले उनीहरुमाथि खुकुरी प्रहार गरेका हुन् । उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुँयालले घटनाको पुष्टि गरेका छन् । तर उनले घटनाको विस्तृत विवरण आइनसकेको र सुरक्षाकर्मीको टोली घटनास्थल पठाइसकिएको जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply