दर्जन बढी सीडीओको सरुवा, को कहाँ पुगे ?

२२ भदौ,काठमाडौं । गृह मन्त्रालयले दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओे) को सरुवा गरेको छ । मन्त्रालयले काठमाडौँ, ललितपुर, कास्की, जुम्ला, दैलेख, बाँके, सप्तरीसहितका जिल्लाका सीडीओको सरुवा गरेको हो ।
मन्त्रालयले काठमाडौँका सीडीओमा ललितपुरका सीडीओ घनश्याम उपाध्यायलाई ल्याएको छ । काठमाडौँका सीडीओ गोविन्द रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा तानिएका छन् । ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको सरुवा भएको छ । कास्कीको सीडीओमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी बनेका छन् ।
जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईृरण्लाई मन्त्रालय तान्दै त्यहाँ मुकेशकुमार केसरी पठाइएको छ । यस्तै, दैलेख जिल्ला प्रशासनको जिम्मेवारी गोगन बहादुर हमाललाई दिइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायकमा पठाइएको छ ।
यस्तै बाँकेका सहायक टोपेन्द्रबहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा, पाँचथर सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरमा गणेश गैरेलाई सरुवा गरिएको छ । यसैगरी सङ्खुवासभाका प्रजिअ नुरहरि खतिवडालाई सप्तरी जिल्ला प्रशासन कार्यालय, सप्तरीको जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभामा सरुवा गरिएको बताइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply