काठमाडौं महानगरद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन शुरु

२५ भदौ,काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन शुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन शुरु गरेको हो ।
वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर निर्माण गरिएका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे पनि व्यापारीले नहटाएका कारण महानगरको टोलीले हटाउन शुरु गरेको हो । पटक-पटक आग्रह गर्दा समेत पसल तथा व्यवसायीले नमानेपछि आफै स्थलगतरूपमा उत्रिएर संरचना हटाउन थालिएको अध्यक्ष सङ्गतले बताए ।
पशुपति क्षेत्रका पसल व्यवसायीलाई आज अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गरे शनिबारदेखि महानगरले सामान उठाएर लैजाने समेत अध्यक्ष सङ्गतले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना आजदेखि बन्द गरिएको वडा कार्यालयले जनाएको छ । दशैँ-तिहार जस्ता चाडवाडका बीचमा पसल हटाउँदा रोजीरोटी गुम्ने अवस्था आएकाले महानगर तथा वडा कार्यालयले आफ्ना समस्याका विषयमा विचार गरी चाडवाडसम्म पसल सञ्चालन गर्न दिन व्यापारीले आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply