चिनियाँ नेता ली नेपालमा आजै सभामुखसँग वार्ता, भोलि देउवा, ओली र प्रचण्डलाई भेट्ने

२७ भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु बीच आज नै भेटवार्ता हुने भएको छ । चीनबाट अपरान्ह काठमाडौं आउने ली चान्सुको टोलीलाई सभामुख सापकोटाले साँझ ५ बजे संसद भवनमा स्वागत गर्ने कार्यतालिका रहेको छ ।
उनीहरुबीच ५ः२० बजेदेखि छलफल हुने जनाइएको छ । एक घण्टा चल्ने छलफलमा दुई देशबीच विभिन्न विषयमा हस्ताक्षर हुने बताइएको छ । हस्ताक्षर हुने विषय भने खुलाइएको छैन। ली चान्सु त्यसपछि सोल्टी होटल फर्किने छन् । साँझ ७ बजे सभामुख सापकोटा सोल्टी जाने कार्यक्रम रहेको छ । चान्सुको सम्मानमा सापकोटाद्वारा आयोजना गरिएको रात्रिभोज ७ः३० बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ ।
भोलि मंगलबार ली चानसुको कार्यतालिका ९ बजेदेखि शुरु हुनेछ । सोल्टीबाट उनी सिधै बानेश्वरस्थित संसद भवन आउने छन् । ९ः१५ पछि राष्ट्रिय सभाध्यक्ष गणे प्रसाद तिमिल्सिनासँग भेटवार्ता हुने कार्यक्रम छ । लगत्तै १० बजे नेकपा एमाले अध्यक्ष केपी शर्मासँग भेटवार्ता हुनेछ भने १०ः४५ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग चान्सुले भेटवार्ता गर्नेछन् ।
१२ः३० बजे होटल फर्किएपछि केही समय आराम गर्ने र भोलि नै ३ बजे सोल्टी होटलमै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय भएको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भोलि नै भेट्ने कार्यतालिका रहेको छ । त्यसका लागि ली चान्सु भोलि ४ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । प्रधानमन्त्रीसँग आधा घण्टा शिष्टाचार भेटवार्ता भएपछि उनी होटल फर्किने छन् ।
त्यस्तै पर्सी बुधबार ली चान्सु भक्तपुर जाने कार्यक्रम रहेको छ । उनी त्यसका लागि ९ः३० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । दुई घण्टाको ‘साइट सीन’ पछि उनी होटल फर्किने जनाइएको छ ।
ली चानसुले पर्सी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि उनी ४ बजे महारागञ्जस्थित शीतल निवास पुग्ने छन् । चार दिने भ्रमणका लागि काठमाडौं आउन लागेको ली चानसु नेतृत्वको टोली बिहीबार चीन फर्किने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply