धरानमा श्रमदानबाटै खानेपानी ल्याई छाडे मेयर साम्पाङले

२८ भदौ, काठमाडौं । धरानका मेयर हर्क साम्पाङले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न सफल भएका छन् । खानेपानीको अभाव रहेको धरानमा बजारमा अब अभाव हट्ने भएको छ । धरानका मेयर साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै श्रमदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
मेयर साम्पाङले भने, हाम्रो सानो प्रयासले पानी ल्याउन सफल भएका छौँ, यसलाई ठूलो काम गरेको रुपमा प्रचार गर्न आवश्यक छैन । उनले अहिले ‘खर्दु र निशानेलाई मात्रै जोडेको र सर्दु जोड्न बाँकी रहेको भन्दै सर्दुपछि झन् ठूलो पानीको फोहोरा आउने बताए । धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् ।
भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ । धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले धरान बजारको सिरानसम्म अहिले पानी ल्याएको र अबको ५-६ दिनपछि बजारको बीचसम्म पुर्याइने जानकारी दिएका छन् ।
बजारको बीचमा बनाइएको ट्याङ्कीमा पाइपमार्फत ल्याइएको पानी राखिनेछ । त्यसपछि धरानवासीलाई वितरण गर्ने तयारी रहेको उनले जानकारी दिएका छन् । उनका अनुसार ३ महिनाको श्रमदान र मेहनतबाट पानी ल्याइएको हो । अहिलेसम्म यो पानीका लागि सरकारी रकम खर्च नभएको पनि उनले बताएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply