चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

२८ भदौ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।
नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवनमा आज बिहान तिमिल्सिना र चान्सुबीच भेटवार्ता भएको हो ।
उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सोमबार नेपाल आएका चान्सुले सोही दिन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए ।
चार दिने नेपाल भ्रमणमा आएका चान्सुले यहाँ रहँदा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । सोही अनुसार आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम तय भएको छ । त्यसअघि पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र प्रचण्डलाई भेट्ने कार्यसूची छ ।
सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका चान्सु बिहीबार फर्किनेछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply