म्यादी प्रहरीका लागि मागभन्दा दोब्बर बढी आवेदन
७ असोज,काठमाडौँ । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीमा मागभन्दा दोब्बर बढीले आवेदन परेको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै एक लाख १५ हजार म्यादी प्रहरी माग गरिएकोमा दुई लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो ।
आवेदन दिने म्याद हिजो सकिएको छ । यो अवधिमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिनुभयो । सबैभन्दा धेरै मधेस प्रदेशमा आवेदन परेको छ । यस्तै, सबैभन्दा कम कणर्ाली प्रदेशमा परेको छ ।
प्रवक्ता राईका अनुसार मधेस प्रदेशबाट ६६ हजार ८८४, वाग्मतीबाट २१ हजार १०६, गण्डकीबाट १५ हजार ९०९, लुम्बिनीबाट ४३ हजार ९०५, कर्णालीबाट १४ हजार ९३६, सुदूरपश्चिमबाट २४ हजार ४५०, प्रदेश-१ बाट ३५ हजार ८२६ र काठमाण्डौ उपत्यकाबाट ९ हजार ७२ जनाले आवेदन दिएका छन् । दरखास्त दिने सबैलाई आज सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
पर्सि ९ गतेदेखि १४ गतेसम्म भर्ना छनोट हुनेछ । दरखास्त दिनेमध्येबाट एक लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् । म्यादी प्रहरीले ४० दिने कार्य अवधिमा तलब र रासनबापत ४१ हजार ९६० रुपैयाँ पाउने छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply