भीम रावलले एमाले नछाड्ने, पार्टीमै रहेर संघर्ष गर्ने

२७ असोज,काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी नछाड्ने स्पष्ट पारेका छन् । अछाम क्षेत्र नम्बर १ बाट सिफारिस हुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसिदिएपछि आक्रोशित उनले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै पार्टीमै बसेर संघर्ष गर्ने जानकारी दिए । अध्यक्ष ओलीमाथि निकै आक्रोशित बन्दै दर्जनौं आरोप लगाएका उनले अहिलेको अवस्थामा मंसिर ४ गते हुने आमनिर्वाचनमा पार्टीलाई जिताउनु आफ्नो प्राथमिकता रहेको बताए ।
तर नेता भीम रावलले एमालेका सबै उम्मेदवारलाई जिताउनका लागि आग्रह गर्न नसक्ने बताए । विगतमा एमाले कार्यकर्ताको रगत बगाउने, एमालेविरुद्ध लाग्नेलाई सूर्य चुनाव चिह्न दिएको भन्दै रावलले सबै उम्मेदवारलाई जिताउन भन्न नसकिने बताएका हुन् ।
उनले निर्वाचनमा टिकट वितरणको विषयमा चर्को आलोचना गरेका छन् । एमालेका सबै उम्मेदवारलाई भोट माग्नु भएन नि ? भन्ने प्रश्नको जवाफमा रावलले भने, ‘होलिवाइनलाई पनि उम्मेदवार बनाएको देख्छु, संविधान दिवसलाई कालो दिवस मनाउने पनि देख्छु, जसको विरुद्धमा एमालेका कार्यकर्ताहरूले रगत बगाउनु प¥यो तिनलाई पनि एमालेले उम्मेदवार बनाएको देख्छु । अनि कसरी एमालेका सबै उम्मेदवारलाई जिताउन भन्छु ?
पार्टीमा भूमिका खेलेका र व्यवस्था तथा कम्युनिस्ट विचारप्रति प्रतिबद्ध उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । देशभक्त, मार्क्सवादप्रति प्रतिबद्ध, एमालेमा रगत, पसिना बगाएका, गलत कुराको विरुद्ध लड्ने, विधि–पद्धति मान्ने ती उम्मेदवाहरूलाई जिताउन भन्छु,’ उनले भने ।
टिकट वितरणका क्रममा ‘कथित अनुशासन र पार्टी विभाजनका कुरा कोट्याएर पार्टीमा लामो समयसम्म रगतपसिना बगाएका पार्टीका प्रतिबद्ध व्यक्तिहरूलाई टिकटबाट वञ्चित गरिएको’ रावलले बताए । विगतमा एमालेको विरोधमा लागेका व्यक्तिहरूलाई उम्मेदवार बनाएकोप्रति उनले आक्रोश व्यक्त गरे । उनले सोधे, ‘दशकौं पार्टीमा योगदान गरेका, पार्टीका स्थायी कमिटी सदस्य र पार्टी नेताहरूलाई गलहत्याएर विरोधी सिद्धान्त, जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेदवार बनाउनु कुन सिद्धान्त हो ?
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply