कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि ओली गृहजिल्ला झापामा

१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्नु भएको छ । अध्यक्ष ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज झापा जानुभएको हो । अध्यक्ष ओलीको साथमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली पनि झापा पुग्नुभएको हो ।
नेकपा एमाले पोलिटव्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली आज अपरान्ह साढे ४ बजे दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा सहभागी हुनुहुने बताइएको छ । उक्त भेटघाटपछि नेताहरुसँग निर्वाचनको तयारीका बारेमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भोली बिहान ११ बजे क्षेत्र नम्बर १ को धुलाबारीमा बृहत् कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । यसैगरी दिउँसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेस क्षेत्र नम्बर ५ स्तरीय बृहत् कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा क्षेत्र नम्बर ५ भरीका कार्यकर्ताहरुको उपस्थिति रहनेछ ।
त्यस्तै कात्तिक ३ गते जनतासँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कलम गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको छ । अध्यक्ष ओली ३ गते दिउसो २ः५० बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply