२ कार्तिक २०७९, बुधबार ११:४३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओलीसँग संवाद गर्न एक लाख १३ हजारले टिपाए नाम

२ कात्तिक, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्दैछन् । जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ ।
ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे ३ बजेसम्म एक लाख १३ हजार ४७७ जनाले नाम र नम्बर टिपाएका छन् । उनले यो उत्साहपूर्ण सहभागिताले आफूलाई खुशी लागेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले झन्डै सवा लाख मानिसले आफूसँग संवाद गर्न चाहेको र धेरै नाम आएकाले बिहीबार १२ बजेसम्म नाम टिपाउन सकिने जानकारी दिएका छन् । संवादमा ओलीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे पार्टीका धारणा र एजेन्डा प्रस्तुत गर्ने भएका छन् ।
उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘लाइभ डिवेट’ मा सहभागी हुन आह्वान गरेका छन् । तर देउवाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
Leave a Reply