ओलीको व्यङग्य : सत्ता गठबन्धन ‘काले-काले मिलेर खाऊ भाले’

१८ कात्तिक, कञ्चनपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनसँग कुनै नीति–कार्यक्रम नभएको टिप्पढाी गरेका छन् । नेकपा एमाले कञ्चनपुरले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थका लागि मात्र बनेको आरोप लगाए ।
गठबन्धनसँग कुनै नीति–कार्यक्रम छैन, कहाँ पुग्ने गन्तव्यविहीन छ, ओलीले भने, गठबन्धन काले– काले मिलेर खाउँ भाले जस्तो छ देशलाई कसरी लुट्ने भनेर लागेका छन् । विकास र समृद्धिका लागि नेकपा एमालेको बहुमतको सरकार आवश्यक रहेको उनको भनाइ थियो । ‘एमालेले बहुमतको सरकार बनाउँछ, अनि मात्रै विकासको अभियान चल्छ, उनले भने ।
अध्यक्ष ओलीले अहिलेको सरकारलाई कठपुतलीको संज्ञा दिएका छन् । चुनाव प्रचारका क्रममा बैतडी पुगेका ओलीले कठपुतली सरकारबाट देश नचल्ने बताएका हुन् ।
टालाटुली बटुली, कति राम्री कठपुतली ओलीले भने, यो कठपुतली हो । यस्ताबाट सरकार चल्दैन । देश चल्दैन, बन्दैन । आउँदो चुनावपछि आफ्नै नेतृत्वमा एमाले सरकार बनाउने ओलीले दावी गरे । आफ्नो सरकार बनाउने नारा मञ्चबाटै ओलीले लगाए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply