मंसिर ४ को चुनाव महाभारत युद्ध जस्तै : गुरुङ

२१ कात्तिक,लमजुङ । नेकपा एमाले उपमहासचिव एवं लमजुङ प्रतिनिधिसभाका एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ४ मंसिरको चुनाव महाभारतको युद्ध जस्तै भएको बताएका छन् ।
एमाले उपमहासचिव एवं प्रतिनिधिसभाका उम्मेदवार गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, स्भाभिमान धराप रहेकोले राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रवादी शक्ति एमालले जित्नैपर्ने भएकोले यो चुनाव एमालेका लागि महाभारतको युद्ध जस्तै भएको बताएका हुन् ।
एमालेको जित नहुँदा कालापानी, लिपुलेक र लिम्पियधुरालगातय नेपाली भू–भागहरू फेरि पनि धारापमा पर्ने बताए । उनले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्ष पूरा गर्न तथा सुशासन, विकास, समृद्धि र समानता हासिल गर्नका लागि पनि नेकपा एमालेले जित्नुपर्ने बताए ।
त्यस्तै नेकपा एमलेका केन्द्रीय सदस्य एवं लमजुङ क्षेत्र नम्बर १ का उम्मेदवार जमिन्द्रमान घलेले हामीले प्रतिनिधि छान्दा पालो लगाउने नभई जसले जिल्लाको विकासका लागि धेरैभन्दा धेरै योगदान दिएको छ, जो प्रतिनिधि भएर जाँदा त्यो जिम्मेवारीलाई कुशलतापूर्वक प्रभावकारी ढंगाले सम्पन्न गर्न सक्छ त्यस्तो निष्कलंक व्यक्तिलाई चुन्न सके मात्रै जिल्लाको विकास हुने बताए ।
लमजुङको १ नम्बर क्षेत्र विकासमा पछाडि परेको भन्दै हर्राबोटदेखि मर्स्याङ्दी पारी लगेर स्याँगे लगेर जोड्न्, लमजुङको वैकल्पिक राजमार्गको रुपमा विकास गर्ने र हर्राबोटदेखि चेपेको किनारकिनार भएर दुधपोखरीदेखि चेपेको कुनाघाटमा पुल हालेर गोर्खा जोड्ने मोटरबाटोले पूर्वी लमजुङ र क्षेत्र नम्बर १ को विकास हुने भन्दै आफूले जिते प्राथमिकतामा रखेर यो काम गर्ने बताए ।
त्यस्तै लमजुङ प्रदेश २ का उम्मेदवार कृष्णप्रसाद अधिकारीले नेकपा एमालेले अगाडि सारेका उम्मेदवारहरु उत्कृष्ट र विकासको स्पष्ट भिजन भएको केन्द्रसम्म पहुज पुग्ने, नेपाली जनताको पीरमर्का बुजेको, हरेक समय लमजुङको जनतामाझ रहेर काम गरेको उम्मेदवारहरु रहेको भन्दै नेकपा एमालेको जित सुनिश्चित भएको बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply