एमालेविरुद्ध विरोधीहरूले गलत प्रचार गरे : ओली

२७ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध विरोधीहरूले गलत प्रचार गरेको टिप्पणी गरेका छन् । कालीकोटको चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनले देशलाई कता लाने भन्ने फैसला गर्ने बताए ।
फुटेको हाँडीजस्तो जोडेर सत्ता गठबन्धनले कठपुतलीजस्तो सरकार बनाएको ओलीको भनाइ छ । उनले वृद्धभत्ताले गरिबी र अप्ठ्यारो ठाउँमा ठूलो राहत मिलेको बताए ।
ओलीले भने, हामीले ज्येष्ठ नागरिकलाई सम्झिएर वृद्धभत्ता बाँड्यौँ । विरोधीहरू आत्तिए । उनीहरूले भ्रम फैलाइरहेका थिए । हामीलाई गाली गरिरहेका थिए । ६० वर्षमाथिकालाई गोली हानेर मार्छ भन्ने भ्रम फैलाइएको थियो । तर, हामीले घरघरमा पैसा पुर्याउने काम गरेपछि आत्तिए । महिनाको सय रूपैयाँबाट सुरू गरेको भत्ता अहिले ४ हजार पुर्याएका छौँ ।
एमालेले सडकमा फालिएका बालकालिकसमेत एमालेले संरक्षण गरेको बताए । पूर्व-पश्चिम राजमार्ग र रेल निर्माण सुरू गरेको उनले उल्लेख गरे ।
ओलीले भने, भारतसँग मात्रै निर्भर थियो हाम्रो देश । चीनतिरबाट पनि बाटो खोलेर यातायात र पारवहन सम्झौता गरेपछि नाकाबन्दी लाग्नै नसक्ने अवस्थामा देशलाई पुर्याएपछि झन् आत्तिए । देश आत्मनिर्भर र स्वतन्त्र ढंगले काम गर्ने अवस्थामा पुग्यो ।
उनले आफूले सार्वभौम सत्ता बराबरी हुने भएकाले कसैसँग पनि शिर नझुकाइ काम गरेको बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply