प्रत्यक्षतर्फको नतिजा ३ दिनभित्र : निर्वाचन आयोग

२ मंसिर, काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले भने, सबै मतपेटिका संकलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ, तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं । मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी रहेको पनि थपलियाले बताए ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन यही मंसिर ४ गते देशभर एकै चरणमा हुँदैछ । यस चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यही मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउँछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply