बैतडीमा प्रहरी चढेको जीप दुर्घटना : मृत्तक संख्या चार , ९ जना गम्भिर घाइते

५ मंसिर, बैतडी । बैतडीमा जीप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ ।
प्रहरी बोकेको जीप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।
मतपेटिका पुर्याएर फर्कंदै गरेको प्रहरी चढेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
‘तीन जनाको घटनास्थलमै ज्यान गएको छ, घाइते अर्काको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर आएको छ, उनले भने । घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने, आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ’ उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ’, ‘घाइतेलाई पाटन विमानस्थलमा ल्याएका छाैं, सेनाको हेलिकप्टर आउँदैछ ।
जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जिपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply