मकवानपुरमा पिकअप भ्यान दुर्घटना, एकको मृत्यु, आठ घाइते

१७ पुस, मकवानपुर । मकवानपुरको भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बारा विश्रामपुर गाउँपालिका–३ का अन्दाजी २० वर्षका राहुलकुमार पण्डित रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका पण्डितलाई उपचारको लागि हेटौंडा अस्पताल पुर्याइएकामा डाक्टरले मृत घोषणा गरेका थिए ।
आइतबार बिहान बाराबाट हेटौंडा हुँदै दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भ्यान आर्मी ब्यारेक नजिकै आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
घाइते हुनेहरुमा बारा विश्रामपुर गाउँपालिका–३ का २७ वर्षीय अजय चौरसिया, भारत झारखण्डका ३६ वर्षीय विजय दास, पर्सा विरगञ्ज महानगरपालिका–१७ का १८ वर्षीय सुमित गुप्ता, बहुदरमाई नगरपालिका–५ का २६ वर्षीय दिनानाथ प्रसाद, बारा विश्रामपुर गाउँपालिका–३ मुसरहवाका १८ वर्षीय शिवजी साह, विश्रामपुर–३ मुसरहवाका १८ वर्षीय धिरज चौरसिया, विश्रामपुर–३ मुसरहवाका १७ वर्षीय पप्पुकुमार गुप्ता र पर्साको बहुदरमाई–५ का २८ वर्षीय उमेश कुशवाह छन् ।
उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु अंग्रेजी नयाँ वर्ष मनाउनको लागि दामनतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाइते पिकअप चालक भने सम्पर्कमा नरहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply